गर्भवती आमाले दिनमा कति पटक खाना खानुपर्छ?
Favourite (0)
Comment (1)
Sochai Admin
युनिसेफ (UNICEF) ले गर्भवती आमालाई दिनमा तीन पटक घरमा पकाएको मुख्य खाना र त्यसका साथै एक वा दुई पटक पौष्टिक खाजा खान सिफारिस गर्दछ।
आहारमा विभिन्न प्रकारका खाद्य पदार्थ समावेश हुनुपर्छ। जसमा
कार्बोहाइड्रेटयुक्त खाना: भात, रोटी, कोदो
दाल तथा गेडागुडी
मासु तथा पशुजन्य पदार्थ: अण्डा, माछा, कुखुरा, दूध वा दूधजन्य पदार्थ
गाढा हरियो सागसब्जी
पहेंलो र सुन्तला रङका फलफूल तथा तरकारी: मेवा (पपैया), गाजर, आँप
सिट्रस फलफूल: कागती, सुन्तला, अमला
अन्य तरकारीहरू: काउली, क्याप्सिकम आदि
साथै आयोडिनयुक्त (फोर्टिफाइड) नुन प्रयोग गर्नुपर्छ।